मुस्लिम आयोगका अध्यक्ष अन्सारी होटलबाटै पक्राउ (भिडियोसहित)-Sutra News

मुस्लिम आयोगका अध्यक्ष अन्सारी होटलबाटै पक्राउ (भिडियोसहित)

बिहिबार, २९ बैशाख २०७९

बिहिबार, २९ बैशाख २०७९

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

अन्सारीलाई नियन्त्रणमा लिएपछि केहि युवाहरुले होटल परिसरमा नारावाजीसमेत गरेका थिए ।

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

तर धनुषा प्रहरीले अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनका अनुसार अन्सारीलाई उद्धार गरेर काठमाडौं पठाइसकिएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट