दमक नगरपालिकाको मेयरका उम्मेदवार थापा बिरामी-Sutra News

दमक नगरपालिकाको मेयरका उम्मेदवार थापा बिरामी

बिहिबार, २९ बैशाख २०७९

बिहिबार, २९ बैशाख २०७९

राप्रपा, कांग्रेस र माओवादीसहितको गठबन्धनबाट दमक नगरपालिकाका प्रमुख उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश–१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए ।



तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संयुक्त गठबन्धनका नगर प्रचार संयोजक तथा माओवादी नेता शंकर बस्नेतले जानकारी दिए ।

प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ । ‘उहाँको दिउँसो तीन बजे अपरेशन गर्ने तयारी हुँदैछ,’ नेपालीले भने।

यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समाजिक संजालमार्फत थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्यधारण गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट