आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का शिक्षकहरूसँग छलफलमा-Sutra News

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का शिक्षकहरूसँग छलफलमा

बुधबार, २८ बैशाख २०७९

बुधबार, २८ बैशाख २०७९

माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचन लक्षित छलफल गरेका हुन् ।



निर्वाचन आचारसंहिता २०७९ अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाईँदैन ।

तर, सांसद खड्काले आचारसंहिता उल्लंघन गर्दै शिक्षक संगठनसँग छलफल गरेका हुन् । उनले आफ्नो फेसबुकमा ‘अखिल नेपाल शिक्षक संगठन गोरखाका शिक्षकहरूसँग निर्वाचनको विषयमा छलफल’ भन्दै फोटोहरू पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट