आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण: रेणुको चुनाव चिन्हमा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको के हो ?-Sutra News

आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण: रेणुको चुनाव चिन्हमा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको के हो ?

मंगलबार, २७ बैशाख २०७९

मंगलबार, २७ बैशाख २०७९

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।



केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ ।  आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट