केशव स्थापितले भने– काठमाडौंमा मेरो जित निश्चित छ, कांग्रेसले फोहोरमा राजनीति गर्न पाउँदैन-Sutra News

केशव स्थापितले भने– काठमाडौंमा मेरो जित निश्चित छ, कांग्रेसले फोहोरमा राजनीति गर्न पाउँदैन

मंगलबार, २७ बैशाख २०७९

मंगलबार, २७ बैशाख २०७९

नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापित आजको चुनावी सभाबाट हौसिएका छन् । एमालेले काठमाडौंमा गरेको चुनावी सभामा भएको जनसहभागीता देखेर हौसिएका स्थापितले आफ्नो जित सुनिश्चित भएको घोषणा गरे ।



उनले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको दावी गर्दै चुनावी सभामा आफ्नो जित सुनिश्चित रहेको बताए । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’

एक वर्ष पछि फोहोरको स्थायी समाधान निस्कने उनले दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त

उनले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफीसमेत मागे । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने ।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट