

निरन्तर चलचित्र लेखन तथा निर्माण कार्यमाम सक्रिय मौनता श्रेष्ठको लेखन रहने चलचित्र ‘धडकन २’ निर्माण हुने भएको छ ।
१६ वर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ‘धडकन’को सिक्वेल बनाउन लागिएको चलचित्रका निर्देशक नरेश पौडेलले बताए ।
निकट भविष्यमै सुटिङको तयारीमा रहेको ‘धडकन २’ को यतिबेला स्क्रिप्ट र कलकार छनौटको काम भईरहेको निर्माण पक्षले जानकारी गराएको छ ।