भारात्तोलन खेलमा स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला-Sutra News

भारात्तोलन खेलमा स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला

मंगलबार, २७ बैशाख २०७९

मंगलबार, २७ बैशाख २०७९

१३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।



ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । उनका अनुसार बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको हो । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन ।

प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ ।

चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् ।

उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट