भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड-Sutra News

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

मंगलबार, २७ बैशाख २०७९

मंगलबार, २७ बैशाख २०७९

ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती(३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका(३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।



कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे ।

उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’

खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७ः३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १०ः३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्वाको घरमा गएको खड्काले बताए ।

उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको बताए ।

कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट