भ्रष्टाचारमुक्त र समतामुलक समाजको निर्माण गर्ने ताँदी गाउँपालिका अध्यक्षका उम्मेद्वार खनालको घोषणा-Sutra News

भ्रष्टाचारमुक्त र समतामुलक समाजको निर्माण गर्ने ताँदी गाउँपालिका अध्यक्षका उम्मेद्वार खनालको घोषणा

सोमबार, २६ बैशाख २०७९

सोमबार, २६ बैशाख २०७९

देशैभरी यतिवेला स्थानीय तहको चुनावी सरगर्मी निकै बढेको छ । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विभिन्न दलहरुले आआफ्नो उम्मेद्वार चुनावी मैदानमा उतारेका छन् ।



यसै पेरिफेरीमा नुवाकोटको ताँदी गाउँपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । ताँदीमा अध्यक्षमा गठबन्धनको सग्लो उम्मेदवार छैन भने एमालेले गाउँपालीका अध्यक्षमा बिजय कुमार खनाललाई अघि सारेको छ ।

चुनावी मैदानमा माओवादी केन्द्रले किरण रिजार, नेकपा एसले केपी लामिछाने, कांग्रेसले सन्तमान तामाङ, राप्रपाले शशि उप्रेतीलाई गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएको छ ।

कडा प्रतिश्पर्धाकाबीच पनि एमालेका उम्मेदवार खनाल आफुले जित्ने दावी गर्छन । चुनाव जिते के गर्नुहुन्छ भन्ने सवालमा खनालले शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकता हुने बताए । उनले आफ्नो कार्यकालमा कुनै किसिमको भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाउँदै यदि कतै भ्रष्टाचार भए जनताको साथ लिएर कसैलाई पनि नछोड्ने जिकिर गरे ।

जनताका समस्या जस्ताको तस्तै रहेकोप्रति नीतिनीयम विपरित कार्य भइरहेका कारण जनताका समस्या हल हुन नसकेको खनालले प्रतिक्रिया दिए । उनले आफु निर्वाचित भइसकेपछि स्थानीय रुपमा देखिएका समस्या हल गर्न र जनताको न्यायका लागि उदाहरणीय कार्य गर्ने बताए ।

खनालले ताँदी गाउँपालिकालाई साँच्चिकै भ्रष्टाचारमुक्त र समतामुलक गाउँपालिकाको रुपमा विकास गर्न जनताले साथ दिनुपर्ने र त्यसको लागि आफुलाई निर्वाचित गराउन आग्रहसमेत गरे । उनले आफु अध्यक्ष भएका पाउने पारिश्रमिकबाट गरिब, असहाय, विपन्न बर्गको उत्थानका लागि कोष खडा गरी रकम परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट