जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन-Sutra News

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

आइतबार, २५ बैशाख २०७९

आइतबार, २५ बैशाख २०७९

नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।



लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् ।

०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

शेषको पार्थिक शरिरलाई आइतवार दिउँसा इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट