गाउँमा सिंह देखिएको खबर पाएर खोज्न जाँदा झोला फेला परेपछि…-Sutra News

गाउँमा सिंह देखिएको खबर पाएर खोज्न जाँदा झोला फेला परेपछि…

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

केन्याको एउटा राष्ट्रिय निकुञ्जनजिकै अवस्थित गाउँमा एउटा सिंह देखा परेको सूचना पाएपछि सो ठाउँमा आवश्यक कारबाही गर्न तीनजना सशस्त्र वनरक्षक पुगे।



तर त्यहाँ झाडीमा सिंह नभई सिंहको टाउको छापिएको एउटा झोला फेला पर्दा उनीहरू चकित भए।

माउन्ट केन्या राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर पर किन्याना गाउँमा एउटा कृषि फार्ममा काम गर्ने एक व्यक्तिले आफ्ना रोजगारदाताको घरबाहिर आफूले एउटा सिंह देखेको सूचना दिएका थिए।

सिंहको टाउको अङ्कित त्यो झोला घरमालिक्नीले घरबाहिर जग्गा घेर्ने झाडीमा राखेको पत्ता लागेको छ।

त्यसभित्र उनले एभोकाडोका बेर्ना राखेकी थिइन्।

उक्त इलाकामा घुमुवा सिंह देखिएको कुरा केही समयदेखि थाहा नभएको भए पनि स्थानीयवासीले आफ्ना बस्तुभाउ हराएको गुनासो गरेको गाउँका मुखिया साइरस मबिजिवेले बीबीसीलाई बताए।

“हामीले यो घटनालाई निकै सतर्कता र गम्भीरतपूर्वक लियौँ। सर्वप्रथम हामीले सबै जनालाई सुरक्षित राख्ने काम गर्‍यौँ अनि वन्यजीव अधिकारीहरूले अनुसन्धान गर्दा एउटा झोला फेला पारे।”

वनरक्षकहरूलाई बोलाइँदा घरमालिक्नी त्यहाँ थिइनन्।

उनी फर्किएपछि उनलाई त्यहाँ एउटा सिंह देखा परेको भन्दै घरको पछाडिपट्टिको ढोकाबाट घरभित्र जान सुझाव दियो।

उनले त्यतिबेला त्यो कुरा मानिन् अनि उनलाई आफूले राखेको झोलाको त्यो घटनाक्रमसँग सम्बन्ध भएको अनुमान नै भएन। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट