गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी विवाह बन्धनमा-Sutra News

गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी विवाह बन्धनमा

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगीले विवाह बन्धनमा बाँधिएका छन् । उनिहरुले गत बुधबार सानो पारिवरिक जमघटकाबीच विवाह गरेको जनाइएको छ ।



विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन् ।

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए । सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडियो हाल्थे । सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो ।

त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन् । गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट