बर्षायामको बिजुली बेच्न प्राधिकरणद्वारा टेन्डर आहृवान-Sutra News

बर्षायामको बिजुली बेच्न प्राधिकरणद्वारा टेन्डर आहृवान

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा खपत गरी बढी हुने बिजुली भारतमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि प्रतिश्पर्धि दरमा भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।



प्राधिकरणले खपत भएर बढी हुन आउने विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने जनाएको छ ।

भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणले उल्लेख गरेको छ ।

‘प्राधिकरणले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अहिले २०० मेगावाट प्रतिश्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेन्डर आह्वान गरिएको हो ।

नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट