पुँजी बजारको प्रर्वदन गर्न थप ब्रोकर कम्पनी आवश्यक छः गोल्छा-Sutra News

पुँजी बजारको प्रर्वदन गर्न थप ब्रोकर कम्पनी आवश्यक छः गोल्छा

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

नेपालको पूँजी बजारको विकास र प्रवर्दनका लागि थप ब्रोकर कम्पनी आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि कारोबारलाई थप व्यवस्थित बनाउन र ब्रोकर कम्पनी थप्नुपर्ने आबश्यकता भएको बताएका हुन् ।



महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताए । अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उनले बताए । ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

उनले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताए । बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उनले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिए ।

५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उनले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट