मोरङमा राप्रपाबाट मेयरको उम्मेदवारी दिएका नेताको गाडीमा आगजनी, काँग्रेस कार्यकर्ता पक्राउ-Sutra News

मोरङमा राप्रपाबाट मेयरको उम्मेदवारी दिएका नेताको गाडीमा आगजनी, काँग्रेस कार्यकर्ता पक्राउ

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

मोरङको बेलबारीमा राप्रपाबाट नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ ।



उनले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनी गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका छन्। उनी नेपाली काँग्रेसनिकट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट