![murder_vUHBJTSU4l.jpg](https://www.sutranews.com/wp-content/uploads/2022/05/murder_vUHBJTSU4l.jpg.jpg)
![हत्याका फरार अभियुक्त तीन वर्षपछि पक्राउ](https://www.sutranews.com/wp-content/uploads/2022/05/murder_vUHBJTSU4l.jpg.jpg)
२०७५ सालमा एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास रहेका छन् । आरोपित दुईजना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन २०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरी टोलीले नैकापबाट उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाएको छ ।