जनताको आवाजले गठबन्धन बनेको डिना उपाध्यायको दावी-Sutra News

जनताको आवाजले गठबन्धन बनेको डिना उपाध्यायको दावी

बिहिबार, २२ बैशाख २०७९

बिहिबार, २२ बैशाख २०७९

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन् ।



भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेको जानकारी दिइन् ।

गठबन्धनको निरन्तरता आवश्यक रहेको दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट