भरतपुरको चुनावी आमसभा स्थल जलमग्न-Sutra News

भरतपुरको चुनावी आमसभा स्थल जलमग्न

बिहिबार, २२ बैशाख २०७९

बिहिबार, २२ बैशाख २०७९

सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त चुनावी आमसभा स्थल र मञ्च डुबानमा परेको छ । आमसभाको लागि अघिल्लो दिन साँझ नै हाकिम चोकमा तयार पारिएको मञ्च रातभर परेको बर्षाका कारण डुबानमा परेको हो ।



रातभर परेको पानीले मञ्च मात्र होइन आसपासको ठाउँ पनि जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।

महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र कांग्रेसका अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट