गृहमन्त्री खाँण सुरक्षा व्यवस्थाबारे जानकारी लिन सप्तरीमा-Sutra News

गृहमन्त्री खाँण सुरक्षा व्यवस्थाबारे जानकारी लिन सप्तरीमा

बिहिबार, २२ बैशाख २०७९

बिहिबार, २२ बैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी पुगेका छन् ।



निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने सुरक्षा गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।

विराटनगरबाट बिहानै सप्तरी पुगेका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट