राजनीतिक निष्ठाको पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म-Sutra News

राजनीतिक निष्ठाको पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

मोरङको बेलबारी नगरपालिकामा डिपी सर, अर्थात दिलप्रसाद राई कसैले चिनाइ रहनुपर्ने नाम होईन । लामो समय शिक्षण पेशामा बिताएका राई बामपन्थी आन्दोलनका एक कर्तब्यनिष्ठ ‘ब्राण्ड नेम’ भएका नेता हुन । तिनै राई यतिबेला नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिकाको मेयर पदका लागि उमेदवार भएका छन् ।



राईको जन्म २०२१ सालमा सङ्खुवासभा जिल्लाको तत्कालीन मच्छेपोखरी गाविसमा भएको हो । मातापिता दिलमाया राई र नरबहादुर राईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका उनी सङ्खुवासभाबाट २०३३ मा तराई झरेर २०४३ सालदेखि बेलबारीमा स्थायी बासिन्दाका रूपमा बसोबास गर्दै आएका छन् । ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका राईले बेलबारी गाउँ कमिटी सचिव, इलाका सचिव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन । हालको गोदावरी विद्यालयको स्थापनामा उनको एक प्रमुख भूमिका रहेको थियो ।

नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारका पालामा गठन भएको सुकुम्वासी समस्या समाधान आयोगका मोरङ अध्यक्ष समेत बनेर काम गरेका उनले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । बेलबारीमा रहेको नेत्रहिन संघको स्थापना, बेलबारी ३ मा रहेको गोदावरी विद्यालयको स्थापना लगायत दर्जनौ संघसंस्थामा उनले कुशलतापुर्बक भुमिका निर्बाह गरेका छन । राजनीतिमा इमान्दारीको कमी रहेको राईको बुझाई छ । जनताका समस्याहरू अझै पनि ज्युँका त्युँ रहेको बताउँदै ती समस्याको सम्बोधन गर्न आफ्नो मेयरमा उम्मेदवारी रहेको उनी बताउँछन ।

लामो समयदेखि शैक्षिक तथा राजनैतिक चेतना फैलाउने काम गरिरहेका राईले बेलबारीलाई नजिकबाट नियालेको स्थानीयहरु बताउँछन् । राईले बेलबारीका जनता विशेष गरी गरिबीको रेखामुनि रहेकाहरुको स्तरोन्नतीमा जोड दिएका छन् । विपन्न परिवारका छोराछोरीका लागि शैक्षिक प्याकेज ल्याउने उनको योजना छ । राइले जनताको समस्यालाई समाधान गर्न र उनीहरुलाई रचनात्मक र सृजनशील बनाउन बिषेश कार्यक्रम संचालन गरिने योजना सारेका छन् ।

लामो राजनीतिक दौडमा नथाकेका राईले २०७४ सालको स्थानीय निर्बाचनमा पनि मेयरमा उम्मेदवारी दिने आकाँक्षा राखेका थिए तर विविध कारणले गर्दा त्यसबेला उनले टिकट पाउन सकेनन् । त्यसपछि प्रदेश साँसदमा समेत आकाँक्षा देखाएका राईलाई टिकट पाउन मुश्किल पर्यो र पछि हटे । पछिल्लो पटक एमालेको केन्द्रिय सदस्यको दौडमा रहेका राईले त्यहाँ पनि त्याग गर्नुपर्यो । राजनीतिमा निरन्तर त्याग गर्दै आएका राईलाई यसपटक भने पार्टीले पत्यायो र मेयरको टिकट दियो । अब उनले मेयरमा जितेर देखानुपर्नेछ । र जितका लागि उनले अधार तयार भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट