यूनाइटेड इन्स्योरेन्सलाई ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ अवार्ड-Sutra News

यूनाइटेड इन्स्योरेन्सलाई ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ अवार्ड

सोमबार, १९ बैशाख २०७९

सोमबार, १९ बैशाख २०७९

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ अवार्ड पाएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।



उक्त अवार्ड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रदान गरिएको थियो । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको तेश्रो इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा कम्पनीले सो अवार्ड पाएको हो । सो कार्यक्रम ३० अप्रिल २०२२ मा भारतको कलकत्तामा भएको हो ।

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको अनुसार निर्जीवन बीमा क्षेत्रमा यूनाइटेड इन्स्योरेन्सले महत्वपूर्ण योगदान दिएकोले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । साथै, कम्पनीले विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्य सम्पादन गरेको पीडब्लुसीले मूल्यांकन गरेको छ ।

कार्यक्रममा इन्स्योरेन्सकी सीईओ उपासना पौडेलले उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट