नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान-Sutra News

नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान

सोमबार, १९ बैशाख २०७९

सोमबार, १९ बैशाख २०७९

दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् ।



सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए । दुईजना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जाने सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो ।

२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्रै एआईजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट