विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको ओलीको दावी-Sutra News

विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको ओलीको दावी

आइतबार, १८ बैशाख २०७९

आइतबार, १८ बैशाख २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।



अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् ।

‘काठमाडौंको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ उनले भने ।

काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट