जसपानिकट उद्योग वाणिज्य तथा व्यवसायी महासंघमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति-Sutra News

जसपानिकट उद्योग वाणिज्य तथा व्यवसायी महासंघमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले समायोजन कार्यसमिति सर्वसम्म चयन गरेको छ । उक्त समायोजन कार्यक्रम इन्चार्ज आङ डेण्डी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न बैशाख १३ गते सम्पन्न भएको हो । कार्यक्रमको सह–इन्चार्ज सुरेन्द्रकुमार जोशी विशिष्ट रहेका थिए । समायोजन कार्यक्रममा अध्यक्ष लक्ष्मण गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।



नयाँ कार्यसमितिमा अध्यक्ष लक्ष्मण गुरुङ, बरिष्ठ उपाध्यक्ष रामबहादुर घले, उपाध्यक्षहरुमा कामी रिन्जी शेर्पा, समुन्द्रमान बज्राचार्य, रविन्द्र यादव, सिद्धि बहादुर जोशी, मिलन कान्छा किराती, टेक बहादुर शाक्य ९अन्जन०, रामप्रसाद भट्टराई रहेका छन् । त्यसैगरी महासचिवमा दावा शेर्पा चयन भएका छन् भने उपमहासचिवमा बलमान छन्त्याल चयन भएका छन् ।

त्यस्तै सचिवमा मोहनी महर्जन, दिपक राई र शैलेन्द्र भट्टराई रहेका छन् । त्यस्तै कोषध्यक्षमा प्रतिमा लामा चयन भएकी छन् । त्यसैगरी सदस्यहरुमा ज्ञान बहादुर लामा, आङ दोर्ज शेर्पा, सुनिता कुमारी योञ्जन लामा, ज्ञानेन्द्र श्रेष्ठ, चिवन ढकाल, अशोक केसी, शारदा नेपाल र लक्ष्मी जोशी सर्वसम्मत चयन भएका हुन् । सल्लाहकार संयोजक भने कृष्णमुरारी ढकाल छानिएका छन् ।

नेपाललाई समावेशी विकास, सामाजिक न्याय सहितको समृद्धि, सुशासन र समुन्नत संघीय समाजवादको गन्तब्यमा पु¥याउने उद्देश्यले नेपालको उद्योग वाणिज्य तथा व्यापारको क्षेत्रमा क्रियाशिल भएर अघि बढेको यस कार्यसमितिले अहिलेको चुनौतिपूर्ण राजनीतिक परिवेशमा आउदै गरेको स्थानीय निर्वाचनमा परिणाममुखी नतिजाको लागि आफ्नो तर्फबाट भरपूर पार्टीलाई सघाउने प्रतिवद्धताका साथ अध्यक्ष गुरुङले पदभार ग्रहण गरे ।

साथै उद्योग वाणिज्य तथा व्यपारको क्षेत्रमा भएका विकृति विसंगति लगायतका समस्याहरुको समाधान गर्न तथा राज्य निजी क्षेत्र एवं सरोकारवालासँग सहकार्य गर्दै उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रको बहुआयामिक विकास गर्न डटेर लागि पर्नुपर्ने विषयलाई जोड दिइएको छ । त्यसैगरी विविध क्षेत्रमा क्रियाशील व्यवसायीहरुलाई संगठित गर्दै उनीहरुको हक, हित र अधिकारको पैरवी गर्ने काममा पनि संगठनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । कार्यक्रममा महासचिव दावा शेर्पाले पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट