इसाराको ‘अल नेपाल कमेडी शो’ पुनः सुरु हुने-Sutra News

इसाराको ‘अल नेपाल कमेडी शो’ पुनः सुरु हुने

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ ।



कोभिड १९ को कारण रोकिएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले बताए । आगामी जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने भएको छ ।

२०५४ साल देखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्राम देखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवि कलाकार गणेश ईसाराले एकल कार्यक्रम आयोजना गरेर मृगौला पिडित हस्त बहादुर तामाङ, सिर्जना राई, कौशिका ठकुरी, ललिता चाम्लिङ सुब्बा, राजेन्द्र राईको उपचारमा आर्थिक सहयोग गरिसकेका छन् ।

आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उव्देश्यले स्मृतीकोष निर्माण गरिएको ईसराले बताए । उनले दुर्गती गाईजात्रा, साँढेतन्त्र गाईजात्रा, सदनहल भट्टिपसल उस्तै उस्तै र भद्रगोल डड्कम जस्ता गाईजात्रे एल्बम श्रोता, दर्शक सामु ल्याईसकेका छन भने जसको बिक्रीबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आइरहेका छन् । कार्यक्रम एक्सन इन्टरटेनमेण्टद्वारा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट