दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजकाे उम्मेदवारी कायम, पाेखरेलले फिर्ता लिए उम्मेदवारी-Sutra News

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजकाे उम्मेदवारी कायम, पाेखरेलले फिर्ता लिए उम्मेदवारी

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएकाे छ ।



यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएकाे थियाे । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो ।

पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसबाट मेयरका एक मात्र उम्मेदवार कायम भएका छन् । कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने/नहुनेमा समेत आशंका पैदा गरेको थियो ।

गठबन्धन दलबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार माओवादी केन्द्रले भने विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट