गोरखाको वीरेन्द्र तालमा आएको हिमपहिरोपछि बाढी, बगायो पुल

गोरखा । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरो तालमा खसेसँगै बुढीगण्डकीमा बाढी आएको छ ।
हिमपहिरोसँगै तालको पानी छचल्किएर बाढी आएको र बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । पुल बगाएपछि बाटो अवरुद्ध भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीसँगै धार्चे, आरुघाटलगायत क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको उनले जनाए ।