हुम्लाका जनतालाई प्रचण्ड भने- हामीलाई जिताए हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ-Sutra News

हुम्लाका जनतालाई प्रचण्ड भने- हामीलाई जिताए हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् ।



हुम्लामा आज  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए । प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए ।

यस्तै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लालाई उत्तर पश्चिमसम्मा सडकमा जाड्ने बताएका छन् । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताए । उनले भने, “कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।”

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उप–सभापति खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट