काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले एमाले महाधिवेशनबाट छनोट भएका पदाधिकारीहरुको शपथलाई लिएर टिप्पणी गरेका छन् ।
महाधिवेशन सकिएर नेताहरुले शपथ ग्रहण गरेका थिए । यता अध्यक्षमा पराजित भएका भीम रावल भने शपथ गरेका नेताहरुको बीचमा बसेका थिए । थापाले त्यहि फोटो देखाउंदै टिप्पणी गरेका हुन् ।
उनले अरु नेतृत्वले शपथ ग्रहण गरिरहेको बेलामा भीम रावलले आसनग्रहण गरेको भन्दै टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण ! ‘