सर्वोच्चको आदेश खारेजको माग गर्दै नाउपाका नेता तथा कार्यकर्ता उत्रिए नाराबाजीमा-Sutra News

सर्वोच्चको आदेश खारेजको माग गर्दै नाउपाका नेता तथा कार्यकर्ता उत्रिए नाराबाजीमा

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले नाराबाजी गरेको छ । सर्वोच्चले यसअघिकै उच्च अदालतको निर्णयलाई सदर गरेपछि सो पार्टीका नेता तथा कार्यकर्ताले माइतीघर मण्डलामा नाराबाजी गरेका हुन् ।



सो नाराबाजीमा नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य ऋषि धमलाकी पत्नी एलिजा गौतमसहितका कार्यकर्ता छन् ।  उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।

उक्त प्रदर्शनमा मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठ भने सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट