सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान-Sutra News

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

आसन्न टी-२० बिग बास लिग (बीबीएल)  क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् ।



बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।

सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट