सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि, एमालेका कुसियैतले पछ्याउदै-Sutra News

सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि, एमालेका कुसियैतले पछ्याउदै

बुधबार, १४ मंसिर २०७९

बुधबार, १४ मंसिर २०७९

काठमाडौं – बहालवाला पाँच मन्त्री पराजित भइसकेका छन् । जसमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।



सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि छन् । उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन् । कार्कीले २७ हजार चार सय ४० र कुसियैतले २७ हजार तीन सय ८२ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए । तर यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ । अब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट