संघीय संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित-Sutra News

संघीय संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

बिहिबार, २८ भाद्र २०८०

बिहिबार, २८ भाद्र २०८०

काठमाडौं। संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।



बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

साथै, उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको ७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते निधन भएकोमा गहिरो शोक प्रकट गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट