श्रीमती, छोरी र नातिनीसहित तीन जनाको हत्यापछि आत्महत्या !-Sutra News

श्रीमती, छोरी र नातिनीसहित तीन जनाको हत्यापछि आत्महत्या !

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडाैं । पछिल्लो समयमा नेपालमा हत्या, हिंसा र आत्महत्याका घटना लगातार जसो सार्वजनिक हुनु निकै सामान्य बनेको छ । काठमाडौंकै सितापाइलामा श्रीमती, छोरी र नातिनी समेतको हत्या गरेर आरोपीले आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।



सोलुखुम्बुको दूधकुन्ड स्थायी ठेगाना भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षिया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षिय छोरी अनिषा श्रेष्ठ र साँढे २ वर्षीया नातिनी सिवानी श्रेष्ठको हत्या गरेर ईश्वरीका श्रीमान राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको अवस्थामा शव बरामद भएको छ । परिवारका सदस्यहरूको हत्यापछि राजुले पनि आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले आशंका गरेका छन् ।

प्रहरीले तीन जनाको हत्या भएको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ । हत्याको कारण पारिवारिक झगडा भएको र परिवारका सदस्यहरूको हत्यापछि विक्षिप्त बनेर आत्महत्या गरेको हुनसक्ने आंशका गरेको छ ।

सितापाइलाको दर्दानक घटना सार्वजनिक हुनुभन्दा अगाडि पनि केही दिन अगाडि ललितपुरमा पनि एक महिलाले आफ्ना छोराछोरीको हत्यापछि आफ्नै घरको चौथो तलाबाट हाफ फालेर आत्महत्या गरेकी थिइन् भने झापाले आफ्नो श्रीमान अरु केटिसँग लागेको आरोप लगाउँदै आफ्नै छोरीलाई कम्मरमा बेरेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा छोरीले ज्यान गुमाएको घटना सार्वजनिक भएको थियो ।

पछिल्लो समयमा पारिवारिक झै झगडाका कारण हत्या, आत्महत्या र हिंसाका घटना बढ्दै गएको भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट