रामचन्द्र पौडेल अब काँग्रेसको केन्द्रीय सदस्य-Sutra News

रामचन्द्र पौडेल अब काँग्रेसको केन्द्रीय सदस्य

शनिबार, १७ पौस २०७८

शनिबार, १७ पौस २०७८

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन ।



सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट