राजेश हमाल र शिव श्रेष्ठलाई लिएर सिनेमा बनाउँदै सरोज खनाल-Sutra News

राजेश हमाल र शिव श्रेष्ठलाई लिएर सिनेमा बनाउँदै सरोज खनाल

शुक्रबार, ५ जेष्ठ २०८०

शुक्रबार, ५ जेष्ठ २०८०

अभिनेता तथा निर्देशक सरोज खनालले राजेश हमाल तथा शिव श्रेष्ठलाई लिएर फिल्म बनाउने भएका छन् ।



खनालको सिनेमामा महानायक राजेश र शिव प्रमुख भूमिकामा हुनेछन्। हाल अभिनेत्रीको खोजीमा भइरहेको सिनेमामा खनाल पनि मुख्य भूमिकामा देखिनेछन्।

हिमालय टिभी एचडीको एक अन्तरवार्तामा उनले आफूले निर्माण गर्ने सिनेमा दशैंपछि छायांकन गर्ने तयारीमा रहेको बताएका हुन्।

अहिलेसम्म १४ सिन लेखिसकिएको यस फिल्ममा विकासराज आचार्यको साथमा उनले पनि निर्देशन गर्ने भएका छन् ।

राजेश, शिव र खनाल गरेर ५० कटेका ३ समकालिन कलाकार एकैसाथ एउटै पर्दामा आउने उनले बताए। सिनेमामा राजेश हमालको अलिकति अनौठो र अहिलेसम्म नगरेको रोल फिल्ममा हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट