राजीनामा दिँदै रिजालले भने- विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्-Sutra News

राजीनामा दिँदै रिजालले भने- विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् ।



पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए । उनले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रहेका नेता रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट