युट्युबका पूर्वसीइओका छोराको रहस्यमय मृत्यु, होस्टेलमा शव फेला-Sutra News

युट्युबका पूर्वसीइओका छोराको रहस्यमय मृत्यु, होस्टेलमा शव फेला

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । युट्युबका पूर्वसीईओ सुसान डियान वोजिकीको छोराको अमेरिकाको क्यालिफोर्नियामा निधन भएको छ । विश्वविद्यालयको होस्टेलमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन ।



मार्को ट्रपर होस्टेलको कोठामा अचेत अवस्थामा फेला परेका थिए । विद्यार्थीहरूले विश्वविद्यालय प्राधिकरणलाई जानकारी गराएसँगै मेडिकल टोली कोठामा पुग्यो ।

उनलाई बचाउने प्रयास गरिएको थियो । तर, केही समयपछि टोलीले मृत घोषणा गरेको थियो । यसपछि प्रहरीलाई खबर गरिएको थियो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

५४ वर्षीया वोजिकीले आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताउँदै युटुयुबको सीईओ पदबाट राजीनामा दिएकी थिइन् । उनी आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिन चाहन्छिन् । त्यही भएर उनले राजीनामा दिएकी हुन् । उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट