मौसम अझै केही दिन नसुध्रिने, विभागले दियो चेतावनी-Sutra News

मौसम अझै केही दिन नसुध्रिने, विभागले दियो चेतावनी

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अहिले र भोलि दिउंसोको मौसम अवस्था सार्वजनिक गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।



 हाल मौसमको अवस्था 

हाल प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

  २०७८ माघ १६ गते  (आइतबार)

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

२०७८ माघ १७ गते  (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

 २०७८ माघ १८ गते  (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट