मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते-Sutra News

मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाईकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।



मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादव रहेका छन् ।

उनीहरुलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते १९ वर्षीय सुरेन्द्र यादवको सोही अस्पतालमा उपचार भईरहेको छ ।

सोमबार बेलुकी सवा ८ बजे पाँच जना सवार ज ६ प ६७ ३९ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट