मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउन पत्राचार-Sutra News

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउन पत्राचार

बुधबार, १६ चैत्र २०७८

बुधबार, १६ चैत्र २०७८

सरकारले मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक रुपमा औषधि उपचार खर्च उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तर निर्णय अनुसार औषधि उपचार खर्च उपलब्ध गराउन कार्यविधि बनाएसँगै कार्यान्वयनका लागि स्थानीय तहलाई पत्राचार गरिएको हो ।

सरकारले बजेट भाषणमार्फत मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले गरेको घोषणालाई स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा जान पत्राचार गरेपछि उल्लेखित बिरामीले मासिक ५ हजार रुपैंयाँ भत्ता पाउने बाटो खुलेको हो ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउनका लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट