महन्थ ठाकुर किन पुगे अचानक बालुवाटार ?-Sutra News

महन्थ ठाकुर किन पुगे अचानक बालुवाटार ?

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुन : स्मरण गराएका छन् ।



बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए ।

देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए ।

लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट