भत्ता लिन गएका वृद्धको बाटोमै मृत्यु-Sutra News

भत्ता लिन गएका वृद्धको बाटोमै मृत्यु

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । सोलुखुम्बुमा वृद्ध भत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ ।



वृद्ध भत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड ९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा मृत भेटिएका थिए ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट