तीन बालबालिकाको खोजी गर्न गोताखोर टोली परिचालन-Sutra News

तीन बालबालिकाको खोजी गर्न गोताखोर टोली परिचालन

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । उदयपुरको उत्तरी सीमास्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।



जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगरको खोजी कार्यमा गोताखोर टोली परिचालन गरिएको हो ।

बालबालिकाको खोजी गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लोे क्षेत्रतर्फ पानी मुनी गएर खोजी गरीरहेको प्रहरीले जनाएको छ ।

गोताखोरको टोलीले बेपत्ता बालबालिकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर घटनाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट