बादलकी पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा समावेश, महिलामा अरु कोको ?-Sutra News

बादलकी पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा समावेश, महिलामा अरु कोको ?

सोमबार, ३ असोज २०७९

सोमबार, ३ असोज २०७९
uml

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।



एमालेले बुझाएको ११० जनाको नाममा उनको पनि नाम रहेको स्रोतले पुष्टि गर्यो ।

बादल मन्त्रीबाट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनकी पत्नीलाई संचारमन्त्रि बनेका थिए । तर सर्वोच्च अदालतको आदेशपछि मन्त्री बनेको केही सातामा नै उनी पदबाट हट्नुपरेको थियो ।

त्यस्तै महिलातर्फ उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू समानुपातिकमा रहेको जनाइएको छ ।

नेकपा एमालेले सोमबार आयोगको कार्यालयमा उनीहरूसहित ११० जनाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो । आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि दलहरूलाई आइतबार र सोमबार दुई दिनको अवधि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट