बाजुरा अपडेट : गोली लागेर घाइते भएका २५ वर्षीय सञ्जिवको मृत्यु-Sutra News

बाजुरा अपडेट : गोली लागेर घाइते भएका २५ वर्षीय सञ्जिवको मृत्यु

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

धनगढी – बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।



गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । झडपमा अन्य दुई जना घाइते भएका छन् ।

कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट