प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित-Sutra News

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

शुक्रबार, २२ असार २०८०

शुक्रबार, २२ असार २०८०

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।



प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।

एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

यो पनि हेर्नुस्-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट