पक्राउ गर्ने तयारीपछि आफैं साइबर ब्यूरोमा हाजिर भए प्रसाईं-Sutra News

पक्राउ गर्ने तयारीपछि आफैं साइबर ब्यूरोमा हाजिर भए प्रसाईं

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्। आइतबार दिउँसो उनी नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका हुन् ।



विवादस्पद अभिव्यक्ति दिएपछि प्रसाईंलाई साइबर ब्यूरोले बोलाएको थियो। ब्यूरोले बाेलाउँदा नआएकाे खण्डमा पक्राउ गर्ने तयारी गरेपछि उनी आफैं ब्यूरोमा उपस्थित भएका हुन्।

प्रसाईंमाथि सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ। राजाकाे पक्षमा अभियान चलाइरहेका प्रसाइँले विभिन्न राजनीतिक दलका नेता तथा व्यवसायिक घरनाविरुद्ध जथाभावी बोलिरहेका छन् ।

पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाकाे टेलिकममा ३ हजार करोड रुपैयाँ लगानी गरेको बताएका थिए । प्रसाईंकाे उक्त अभिव्यक्तिपछि एमालेभित्र उनलाई पक्राउ गर्नुपर्ने आवाज उठेकाे थियाे । लगातारकाे विवादस्पद अभिव्यक्तिपछि प्रसाईंलाई साइबर ब्यूरोले बोलाएको हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट