डलर अर्बपति चौधरीको दमनविरुद्ध आन्दोलन, धम्की नदिन चेतावनी-Sutra News

डलर अर्बपति चौधरीको दमनविरुद्ध आन्दोलन, धम्की नदिन चेतावनी

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरीविरुद्ध आन्दोलन भएको छ । विवादास्पद व्यापारीको समेत छवि बनाएका उनीविरुद्ध पाल्पामा आन्दोलन भएको हो ।



पाल्पाको रैनादेवी छहरा २, सर्देवास्थित सिजी सिमेण्ट कारखानाका कारण प्रदूषण भई स्वास्थ्यमा असर परेको भन्दै सर्वसाधरणले आन्दोलन गरेका हुन् ।

‘ठेकेदार होशियार, सिजी तानाशाही बन्द गर, धाक धम्की चल्दैन,’ चौधरीविरुद्ध सर्वसाधरणले भनेका छन् ।

सिजी सिमेण्टले प्रदूषण गराएपछि आफूहरूले बाध्य भएर आन्दोलन गर्नु परेको उनीहरूको भनाइ थियो । उनीहरूले प्रदूषणका कारण फोहोर भएको तरकारी र घाँस बोकेर कारखानामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट