जिम्मेवारीविहीन भए वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल-Sutra News

जिम्मेवारीविहीन भए वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई जिम्मेवारीविहीन बनाइएको छ ।



बिहीबार बसेको स्वास्थ्य मन्त्री स्तरीय बैठकले डा. पौडेललाई जिम्मेवारीविहीन बनाउँदै मन्त्रालयमा तानेको हो ।

जिम्मेवारीबाट हटाएपछि डा. पौडेललाई मन्त्रालयमा हाजिर गर्न भनेको छ । नियमानुसार वीर अस्पतालको कार्यकारीको जिम्मेवारी अवधि दुई वर्ष हो । डा. पौडेलको जिम्मेवारी अझै १५ महिना बाँकी छ । डा. पौडेल वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट